काठमाडौं, २९ असार । मुलुकको पछिल्लो अवस्था र मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
अहिले केही समयपछि सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल केन्द्रित हुने बुझिएको छ ।
स्रोतका अनुसार मुख्य सचिव नियुक्तिका विषयमा पनि निर्णय हुन सक्नेछ । मुख्य सचिव सोमलाल सुवेदी काज मिलाएर विदेशको एक बैंकमा काम गर्न गएकाले सो स्थानमा नयाँ मुख्य सचिव नियुक्तिको तयारी भएको हो ।















प्रतिक्रिया