– राजकुमार अोली
विर्तामोड, २८ असार । आधा रातमा मापदण्ड विपरित सडक कालोपत्रे गरिएको उजुरी परेपछि अख्तियारले झापाका नयाँ बनेको सडकको अनुगमन गर्ने भएको छ ।
विर्तामोडमा आधा रातसम्म लगाएर सडक कालोपत्रे गरिएको नवनिर्वाचित मेयर ध्रुव सिवाकोटीलाई स्थानियबासीहरुले जानकारी दिएका थिए । सिवाकोटीले विहान गएर स्थलगत हेर्दा आधारातमा कालोपत्रे गरिएको पाइएपछि अन्तरक्रिया सहभागीमा हुन आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीका प्रमुख प्रेम भट्टराईलाई कार्यक्रममै उजुरी गरेका थिए ।
शिवाकोटीले विर्तामोडमा बनेका सबै कालोपत्रे सडकको अनुगमन गरिदिन समेत अनुरोध गरेपछि अख्तियार प्रमुख भट्टराईले झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालाई २०७४ सालको बैशाखदेखि असार सम्म झापामा बनेको सबै सडकको बस्तुगत स्थिती पठाउन निर्देशन समेत दिएका छन् । ‘झापाका सबै विकासे कामको अब हामी अनुगमन गर्नेछौं,’ उनले भने– ‘जनप्रतिनिधि नै यसरी खुलेर साथ दिन आए पछि किन उत्साहको साथ काम नगर्ने ?
भ्रष्टाचार नियन्त्रणमा आयोगको भुमिका विषयक झापा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा झापाका सबै सरकारी कार्यालयका प्रमुखसहित १५वटै गाँउ तथा नगरपालिका प्रमुख उपप्रमुखसँग जनप्रतिनिधीहरुले एकै स्वरमा भ्रष्टाचार नियन्त्रण गर्न सबै मिलेर जाने प्रतिवद्दता गरेका छन । जिल्ला समन्वय समिती झापाका कार्यलयमा भएको कार्यक्रममा दमकका मेयर रोमनाथ ओली, उपमेयर गिता अधिकारी कार्यकारी अधिकृत युवराज दाहाल, शिवसतासीका मेयर चन्द्रकुमार शेर्मा, कन्काइको मेयर राजेन्द्र पोखरेल, विर्तामोडका मेयर ध्रुव सिवाकोटी, भद्रपुरका मेयर जिवन श्रेष्ठ, कमलका अध्यक्ष उपाध्यक्ष मेनुका काफ्ले, बेनु सिवाकोटी, हल्दिवारीका अध्यक्ष रविन्द्र लिड्गेद लगायतले भ्रष्टाचार नियन्त्रणमा ऐक्यबद्धता जनाएका हुन ।
हाल झापाका धेरै स्थानमा धमाधम कालोपत्रे गर्ने काम भइरहेको छ । समयमा काम नगर्ने र आर्थिक वर्ष समाप्त हुन लाग्दा काम गरेजस्तो गर्ने बाढीले बगाएको भन्दै बजेट पचाउने गरेका छन् ।













प्रतिक्रिया