२१ कार्तिक २०८३, शनिबार

बाँकेमा यही साउन ४ र ५ गते दुई दिने शैक्षिक मेला हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २८ असार । विजनश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्तीदर्शनको सह आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम–२०१७ अन्तर्गत मेलाको आयोजना गर्न लागिएको नेपाल एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले बताए ।

देश विकेन्द्रीकरण तर्फ उन्मुख रहेको समयमा पनि विद्यार्थीहरु राजधानी केन्द्रित कलेजहरुमामात्र गइरहेको अवस्थामा देशका अन्य विभिन्न भागमा शिक्षाप्रेमीहरुद्वारा गरिएको लगानी त्यसै खेर गइरहेको हुँदा राजधानी बाहिरका कलेज एवं शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले सो मेलाको आयोजना गर्न लागिएको पद्यमा मिडिया गुरुपका मध्य पश्चिम क्षेत्रिय प्रमुख क्षेत्रनाथ देबकोटाले जानकारी
दिनुभयो । मेलामा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।

नेपालगन्जको सिद्धाथ कटेजमा आयोजना गर्न लागिएको सो मेलामा विशुद्ध शैक्षिक परामर्श दिनुका साथै भर्ना हुन चाहने कलेजहरुमा मेलास्थलबाटै भर्ना समेत गरिने अधिकृत शाहुले बताए । मेलामा विभिन्न विश्वविद्यालय एवं कलेजका गरी ५० भन्दा बढी स्टलहरु राखिएको तथा दशहजार भन्दा बढी विद्यार्थीहरुले मेलामा सहभागीता हुने शाहुले बताए ।

मेलामा उच्चस्तरीय शिक्षा नीति सम्बन्धी बहस कार्यक्रम पनि गरिने जसमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागका प्रतिनिधि, विज्ञ, शिक्षा विद, एवं शिक्षा क्षेत्रका नीति निर्माताहरुको सहभागिता रहने छ । सो बहसलाई माउन्टेन टेलिभिजन र विजनश प्लस टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने शाहुले बताए ।