२१ कार्तिक २०८३, शनिबार

एमालेद्धारा अवैध उम्मेदवारी खाजेरीको माग, किर्ते गरेर कागजात मिलान गरेको खुलासा

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओली

बाजुरा, २७ असार । नेकपा एमाले बुढीनन्दा नगर कार्य समितिको निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट दिएको उम्मेदवारी खारेजीको माग गरेको छ । विधीको शासन र कानुनी राज्यको अवधारणा विपरित भएकोले काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल सार्की र मंगल थापाको उम्मेदवारी खारेजीको माग गरेको हो ।

थापालाई काँग्रेसले अल्पसंख्यक कोटाबाट नगर कार्य समितिका लागि उम्मेदवारी दिन लगाएको हो । भने सार्की दलित कोटाबाट उम्मेदवार बनेका हुन् । थापा जातिलाई नेपालको कानुनले अल्पसंख्य नमानेकोले ती पुस्ते थापा नामावली भएकोले भोटे जनजाति मान्न नसकिने एमालेले दाबी गरेको छ ।

अर्का नन्दलाल सार्कीको हकमा स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ दफा १३ को ग मा उल्लेखित व्यवस्था अनुसार नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका वा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बाहक रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ ।

सार्की २०७४ असार २६ गतेसम्म पनि नेपाल सरकार गरिबी निवारण कोष अन्र्तगत सञ्चालित सप्रोस नेपाल नामक साझेदार निकायमा बाहल रहेको संस्थाका तर्फबाट कार्यक्रम संयोजक बलबहादुर रोकायाले प्रमाणित गरिसकेकोले अयोग्य रहेको एमालेले बताएको छ ।

बुढीनन्दा नगरपालिका ९ बस्ने सार्की र १० बस्ने मंगल थापा विरुद्ध सोही नगरपालिका २ बस्ने दुधकला ताम्राकारणले थापा र धनबहादुर ल्हारले सार्की विरुद्ध एमालेका तर्फबाट उजुरी दिएका छन् ।

एमालेले मुख्य निर्वाचन कार्यालयलाई लिखित रुपमा प्रमाण सहीतको उजुरी र माग पत्र बुझाएको छ । नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष कालीबहादुर शाही नेतृत्वको टोलीले मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनलाई २ बुँदे माग सहीत ज्ञापन पत्र बुझाएको प्रचार विभाग प्रमुख अमर खड्काले बताए ।

ज्ञापन पत्र बुझ्दै अधिकृत सेनले आवश्यक प्रमाण संकलन गरेर प्रक्रिया थाल्ने बताए । सामाजिक परिचालकको पदमा कार्यरत नन्दलाल सार्की र अल्पसंख्यक कोटा भनेर उम्मेदवारी दिएका मंगल थापाको उम्मेदवारी बदर नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने एमालेले बताएको छ ।

पार्टी कार्यालयबाट नारा जुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले नेताहरुले निर्वाचन अधिकृत एवं जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीको पूर्वाग्राही नियत र गलत कामको प्रश्रय दिएकोमा कारवाहीको माग सहीत तत्काल उम्मेदवारी रद्द हुनु पर्ने बताएको छ ।

आफू अनुकुल कानुनी राज्यको उपहार गर्दै सुनियोजित रुपमा प्रक्रिया अगाडि बढाए परिणााम नराम्रो आउने एमालेले चेतावनी समेत दिएको छ । एमालेले दाबी विरोध सहीत असार २६ गते बुढीनन्दा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयलाई लिखित उजुरी दिएको छ ।

तर कार्यालयले उल्टै व्यवस्था गर्दै राज्यको संयन्त्रलाई दुरुपयोग गरेर किर्ते कागज बनाउन लगाएको प्रमाण एमालेले पेश गरेको छ । मार्तडीमा रहेका वडा सचिव सरोज झाको नाममा अधिकार क्षेत्र दुरुपयोग गर्दै प्रकाश शाहीले मंगल थापा थापा अल्पसंख्यक भोटे जनजाति रहेको कागज बनाईदिएको प्रमाण समेत एमालेले संकलन गरी मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ ।

प्रमाणसहित कागज पत्रहरु बुझाएपनि निर्वाचन अधिकृत नगेन्द्रप्रसाद रेग्मीले त्यसको बेवास्ता गर्दै प्रक्रिया अघि बढाउन खोजेको र तत्काल रोक्न र दोषि माथि कारवाही गर्न माग सहीत प्रेस विज्ञप्ती समेत प्रकाशित गरेको छ । प्रक्रिया रोकि त्यस्ता कार्य नरोकिए संघर्षका कार्यक्रम तय गरेर एमाले आन्दोलन गर्न बाध्य हुने पार्टी अध्यक्ष कालीबहादुर शाहीले बताए ।

अधिकार क्षेत्रको दुरुपयोग गरेको, पार्टी कार्यकर्ताकै जस्तो व्यवहार र कार्यशैली देखाएको, नियम विपरित उम्मेदवारी दिएका व्यक्तिहरुको खारेजीका लागि कुनै पहल नगरेको वा बेवास्ता गरेकोमा एमालेले मार्तडीमा विरोध जुलुस समेत निकालेको छ ।