३१ आश्विन २०८३, शनिबार

वैदेशिक रोजगार व्यवसायी संघमा कसले बाजी मार्ला ? यस्तो छ उम्मेद्धवारहरुको दाबी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारण सभाको पूर्वसन्ध्यामा लोकतान्त्रिक र प्रगतिशिल प्यानलका प्रतिनिधिले आ–आफ्नो जीत सुनिश्चत भएको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका प्रत्यासी रोहन गरुङले आफ्नो प्यानल ७५ प्रतिशत मतले विजयी हुने दाबी गरे ।  उनले भने, ‘हाम्रो प्यानलको जित निश्चित् छ, वैदेशिक रोजगारलाई स्वच्छ, सफा र मर्यादित बनाउनको लागि हाम्रो प्यानल कटिवद्ध रहनेछ, थुप्रै मुलुकमा नेपाली कामदारको संख्या कटौति भैरहेको छ, स्वदेशमा रोजगारको स्थीति छैन्, विदेशमा जानैपर्ने बाध्यता नहटेसम्म हामी वैदेशिक रोजगारलाई प्रभावकारी बनाउनतिर लाग्छौं, म यही अभियानमा लागेको व्यक्ति हुँ, त्यसैलेपनि मलाई मत दिएर विजयी बनाउनुहुन्छ।’

गुरुङले अघि थपे,‘वैदेशिक रोजगारमा पठाउने रोजगार कम्पनिले तोकिएको तलव, सुविधा दिन नसकेको स्थितिमा त्यस्ता कम्पनिहरुलाई कालोसुचिमा राख्ने र त्यस्ता कम्पनिबाट अन्य नेपाली यूवाले दुःख नपाउन भन्ने हाम्रो कामना हो, अर्कोतर्फ यस संघभित्रको भष्ट्राचारीतन्त्रको अन्त्यको लागि हाम्रो उम्मेद्धवारी हो, साथै वैदेशिक व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनको लागि सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको आधारमा वैदेशिक रोजगार विभाग खोल्ने हाम्रो योजना छ।’

आफ्नो प्यानल ६८ प्रतिशत मत ल्याएर विजयी हुने श्रेष्ठको दाबी

त्यस्तै कार्यक्रममा लोकतान्त्रिक प्यानलका महासचिवका उम्मेदवार सुजितकुमार श्रेष्ठले आफ्नो प्यानल ६८ प्रतिशत मत ल्याएर विजयी हुने दाबी गरे ।

उनले भने,‘हामी बाहिर निस्किदा चिटिक्क परेर हुँदैन, हाम्रो घर आगन सफा हुनुपर्छ, सबै भन्दा पहिले हाम्रो संगठन सुधार गर्ने र वैदेशिक रोजगारमा गएका सम्पूर्ण नेपालीको सुरक्षाको लागि हामी तयार रहनेछौ।’

त्यस्तै उनले यो संगठन अन्तर्राष्ट्रिय संगठन भएको बताउँदै भने,‘फ्रि–भिषा, फ्रि–टिकको व्यवस्था कुन कोर्णबाट हुन्छ त्यसलाई व्यबहारत उतार्नुपर्छ, हाम्रो देश खाँडीको भरमा बाँचेको छ, अब हामीले संसारका जुनसुकै देशमा पनि हाम्रो वैदेशिक रोजगारलाई व्यापक बनाउनुपर्छ।’
अहिले संघको निर्वाचनमा नेपाली काँग्रेस समर्थित बिमल ढकाल समूह र एमाले समर्थित रोहन गुरुङ समूहको भिडन्त हुदैछ । दुवै पक्षीय आफुलाई बलियो सावित गर्न क्षेत्रिय स्तमा भेला कार्यक्रम गरिहेका छन् । ढकाललाई अन्य केही व्यवसायीक संगठनले सघाउने भएका छन् भने गुरुङलाई माओवादी केन्द्र समर्थित व्यवसायी, विश्वकर्मा समाज, तमुधी व्यवसायी लगायतको समर्थन छ ।

करिव साढे आठ सय व्यवसायी सदस्य रहेको संघमा दुवै समूह संघको नेतृत्वमा बाजी मार्ने गरि मैदानमा उत्रिएका छन् ।