
काठमाडौं, २७ असार । कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।
खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । कम्पनीले हरेक वर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कृत गर्दै आएको छ ।
उनी उक्त कम्पनीमा दुई वर्षअघि सहायक लेखापालका रुपमा प्रवेश गरेका थिए ।












प्रतिक्रिया