१५ कार्तिक २०८३, आइतबार

एमालेको असहयोग भएपछि संशोधन गर्न देउवाले अपनाए यस्तो जुक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधान विधेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ ।

पारित गराउन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपासहितका साना दलहरूलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गराउने गृहकार्यमा लागेका छन् ।

उनले सत्तारुढ दल माओवादी केन्द्रलगायतका दलसँग दैनिक रुपमा छलफल गर्नुका साथै राप्रपालाई पनि संशोधनको पक्षमा ल्याउने गृहकार्य गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिने अडान लिँदै आएको छ । पारित गर्न नदिनका लागि एमालेसहितको ९ दलीय गठबन्धन बनाएर नै उसले विरोध गर्दै आएको छ ।