काठमाडौं, २४ असार । चीनले भारतलाई सिक्किमलाई स्वतन्त्र राज्य बनाउन पहल गर्ने चेतावनी दिएको छ । भुटान र सिक्किमको सीमास्थल डोकलाङमा चीनले सडक बनाउन लाग्दा भारतले अवरोध गरेपछि चीन प्रतिकारमा उत्रिन बाध्य भएको छ ।
आफ्नो सरकारको धारणा बोल्दै आएको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाईम्सले सम्पादकीयमार्फत भारतले चीनसँग तिब्बत कार्ड खेल्दै आएको र त्यतिमात्रै नभएर चीनसँग जोरी खोजेको भन्दै अब चीनले सिक्किम कार्ड खेल्ने संकेत गरेको हो ।
सम्पादकीयमा भारतले सिक्किम कसरी अपधस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना भएको भन्दै भारतको अतिवाद चलिरहे चीनले सिक्किमलाई स्वतन्त्र राज्य बनाउन आफूले पनि पहल गर्ने चेतावनी दिएको छ । सम्पादकीयमा भारतले चीनमाथि प्रयोग गरेको दलाईलामा कार्डले चीनलाई केही असर नगर्ने भन्दै त्यो कार्ड अब पुरानो भईसकेको जनाएको छ । चिनियाँ समुदायले सिक्किम छुट्टिन चाहेमा खुल्ला हृदयले सहयोग गर्ने पनि बताएको छ ।
सम्पादकीयमा भारत आफ्नो औपनिवेशिक नीति लिएर हिँडेको भन्दै भुटानलाई पनि सिक्किमीकरण गर्ने प्रयासमा भारत रहेको आरोप लगाइएको छ । भारतले दबाब बढाएपछि अहिले भुटान आफ्नो कूटनीतिक रुपमा कमजोर स्थिती प्रदर्शन गर्न थालेको बताउँदै यस्तो स्थितीले भारतलाई फाइदा नहुने चेतावनी पनि दिएको छ ।
















प्रतिक्रिया