३१ आश्विन २०८३, शनिबार

एन.आई.सी. एशिया बैंकको नयाँ शाखा मुगुको गमगढीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मुगु, २० असार । एन.आई.सी. एशिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढी मुगुमा खुलेको छ ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्रबहादुर मल्लद्वारा संयुक्त रुपमा शाखा उदघाटन गरिएको हो ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन. आई. सी. एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।