२९ आश्विन २०८३, बिहिबार

उत्तर कोरियाको सामना गर्न यस्तो छ अमेरिका र दक्षिण कोरियाको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्वाईटहाउस, १७ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार विहान ९.३० बजे दक्षिण कोरियाका राष्ट्रपतिलाई भेट्नु भएको छ ।

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको पारमाणविक चेतावनीको विषयमा आफुहरु एकै ठाँउमा रहेको देखाउन चाहेका छन् ।

दूई नेताले बिहीबार बेलुका सँगै खानाखाएपछि राष्ट्रपति कार्यालय फर्केर शुक्रबार राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनसँग भेटवार्ता गर्नुभएको हो ।

ट्रम्पले बैठकपछि ट्विटरमा ‘धेरै सफल बैठक’ भनेर लेख्नु भएको छ । मुनसँग उत्तर कोरिया र व्यापारका बारेमा पनि छलफल भएको ट्रम्पको भनाई छ ।

ट्रम्प र मुनले ‘ओभल अफिस’ मा भेटबार्ता गरेर पत्रकारहरुका लागि वक्तव्य बनाउने कार्यक्रम पनि रहेको छ ।

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको पारमाणविक चेतावनीको विषयमा आफुहरु एकै ठाँउमा रहेको देखाउन चाहेका छन् । – एपी