काठमाडौं, १७ असार । वर्ल्डलिंक कम्युनिकेशन्स् प्रा.लिले आफ्ना सक्रिय ग्राहक १ लाख जना पुगेका छन् ।
एक लाख ग्राहक पुगेको अवसरमा ल्याएको सेलेब्रेसन अफरमा वर्ल्डलिंकले सामसुङ ग्यालेक्सी एस ८ मोवाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको छ ।
मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनौट गरिएको हो ।
सामसुङ ग्यालेक्सी एस ८ का विजेताहरुको युजर आइडी hardrock, tkarna, laligurans, farwestdgd,raj1234, gaurav_fbrgj, obzen, parbatibhlb, sujantimilsina and jyotilama12 छन् । साथै १ सय जना निःशुल्क इन्टरनेट विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्ने बताएको छ ।
वर्ल्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका यसै बर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेका हुन् .।
















प्रतिक्रिया