
घोराही, १६ असार । दाङको तुलसीपुर उपमहानगरपालिका ब्यवसायी राजकुमार श्रेष्ठको शवलाई पोको पारेर गृहनगर ल्याइएको छ ।
केही दिन अगाडि युवती र भारतीय नागरिकको सहयोगमा अपहरणमा परेका श्रेष्ठको शव आज सल्यान जिल्लाको झिम्पेमा फेला परेको थियो । जेठ २६ गतेबाट एकाएक हराएका श्रेष्ठको शव शुक्रबारमात्रै फेला परेको हो । प्रहरीको अनुसन्धानले घटना निकै रहस्यपूर्ण देखिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट ब्यापारी श्रेष्ठको शवलाई तुलसीपुरमा ल्याइएको हो ।

















प्रतिक्रिया