१५ कार्तिक २०८३, आइतबार

भ्रष्टाचार आरोप शर्मासँग तीन अर्ब धरौटी माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारण अनियमितता आरोपमा पक्राउ परेका अन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग तीन अर्ब रुपियाँ धरौटी मागेको छ ।

अख्तियारले बयानका सिलसिलामा हालसम्म देखिएको अनियमितताको झन्डै दोब्बर रकम धरौटी मागेको हो । शर्माको मुद्दाको अनुसन्धान भने जारी छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

पहिलो चरणको बयान सकिएको छ । मागबमोजिम धरौटी रकम बुझाएमा शर्माले हिरासत नबसेर बाहिरबाटै बयानमा जाने सहुलियत पाउनु हुनेछ । धरौटी नबुझाएको अवस्थामा भने हिरासतमै बस्नु पर्नेछ ।

अख्तियार स्रोतले शर्मासँग तीन अर्ब धरौटी माग भएको र बिहीबार साँझसम्म रकम जम्मा नभएको जानकारी दिएको छ । मुद्दा अनुसन्धानका क्रममा अख्तियारले मागेको यो सबैभन्दा ठुलो धरौटी रकम हो । शर्मामाथिको आरोप छानबिन जारी छ ।

झन्डै आधा फाइल अध्ययन बाँकी रहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ बमोजिम अख्तियारले आरोपित भाग्न सक्ने मनासिब कारण भए अनुसन्धानका क्रममा धरौटी माग गर्न सक्नेछ । तोकिएको धरौटी नदिएमा आयोगले हिरासतमै राखेर अनुसन्धान गर्नेछ ।