१५ कार्तिक २०८३, आइतबार

तिङ्लामा शून्य मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १५ असार । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका(६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेचासल्यान– ६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाए पनि उक्त समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिका– ६ तिङ्लामा दुई हजार ४७६ मतदाता छन् । यो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन ।

सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको संघर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो ।

स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरमाइलो लागे पनि त्यो आफूहरूको बाध्यता भएको बताउनुभयो ।