सोलुखुम्बु, १५ असार । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेचासल्यान– ६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाए पनि उक्त समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । नेचासल्यान गाउँपालिका– ६ तिङ्लामा दुई हजार ४७६ मतदाता छन् ।
यो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको संघर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो । स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरमाइलो लागे पनि त्यो आफूहरूको बाध्यता भएको बताउनुभयो ।












प्रतिक्रिया