
काठमाडौँ, १२ असार । एनआईसी एशिया बैंकले सुनसरीको दुहवीमा पनि शाखा खोलेको छ । यो बैंकको १०८ औं शाखा हो ।
दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले आइतबार एक समारोहबीच शाखाको उद्घाटन गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए ।















प्रतिक्रिया