३१ आश्विन २०८३, शनिबार

बाग्लुङको विकट क्षेत्रमा पहिलोपटक टेलिकमले सुरु गर्यो जीएसएम सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा विटिएस  स्थापना गरी असार  ९ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।