१५ कार्तिक २०८३, आइतबार

बर्दियाबाट बेपत्ता सविता बुटवलमा फेला परिन्

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ११ असार । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको अवस्थामा फेला पारेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘प्रहरीलाई महिला हराएको सूचना आउने वित्तिकै खोजतलासमा कडाई गर्दै टोली नै खटाएका थियौँ’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले भने, ‘महिलालाई हाम्रो टोलीले बुटवलबाट ल्याउँदै छ, बर्दिया आएपछि सोधपुछ पश्चात परिवारलाई बुझाउँछौं ।’

पारिवारिक श्रोतका अनुसार केही महिनादेखि पाण्डेले मानसिक उपचार पश्चात औषधी सेवन गर्दै आएको जनाइएको छ ।