१५ कार्तिक २०८३, आइतबार

चुनाबका बेला एमालेलाई ठूलो धक्का, सांसद एवम् केन्द्रीय सदस्यको निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ११ असार । सांसद महिन सुब्बाको शनिवार साँझ निधन भएको छ । क्यान्सर रोगबाट पीडित एमाले सांसद सुब्बाको उपचारका क्रममा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

समानुपातिकतर्फबाट सांसद भएकी ६० वर्षीया सुब्बा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–२ घर भएकी सुब्बा एमाले केन्द्रीय सदस्यसमेत हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक बुढिमोरङ गाविसबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी सुब्बा ०५४ को निर्वाचनमा सोही गाविसको अध्यक्ष भएकी थिइन् ।

गाविस महासंघको केन्द्रीय अध्यक्षसमेत बनेकी उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन् । सुब्बाका श्रीमान् भारतीय सेनामा कार्यरत छन् । उनका दुई छोरी र एक छोरा छन् । सुब्बाको पार्थिव शरीरलाई आइतबार धनकुटाको मुलघाट ल्याएर अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।