३१ आश्विन २०८३, शनिबार

एक हजारको मोबाइलमा ५ हजारको गिफ्ट ह्याम्पर पक्का, एसईई पास विद्यार्थीलाई ‘सेल्फी स्टिक फ्रि’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोमा एक हजारको मोबाइल किन्दा ५ हजार बराबरको गिफ्ट ह्याम्पर पाइने मोबाइल हबले जनाएको छ ।

यसैगरि ५० हजार रुपैयाँ भन्दा माथिको स्मार्टफोनको खरिदमा १ लाख भन्दा बढी भ्यालु भएको गिफ्ट ह्याम्पर पाउने ब्यबस्था गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

चाबहिलको केएल टावरमा रहेको केएल मोबाइल हबमा बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका ९ सय ९९ रुपैयाँ देखि १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ सम्मका मोबाइल पाइने ब्यबस्था मिलाइएको छ । एसइइ परीक्षाको प्रबेशपत्र लिएर आउने हरेक बिद्यार्थीहरुलाई मोबाइल हबमा प्रबेश गरेसँगै सिमित अबधीको लागि एक वटा सेल्फीस्टिक निशुल्क प्रदान गरिने छ । हरेक मोबाइलको खरिदमा केएल टावर स्थित एफ क्युव सिनेमा हलको २ वटा टिकट र क्लब डेजाभुको ४ हजार बराबरको २ वटा टिकट उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । ५० हजार भन्दा माथिको स्मार्टफोन खरिदमा एफक्युब सिनेमाको २ वटा फ्रि टिकट र क्लब डेजाभुको एक बर्षको लागि लाखौं बराबरको फाइदा लिन सकिने प्रिभिलेज कार्ड उपलब्ध गराइने छ ।

यसैगरि केएल मोबाइल हबको भिजिट गर्दा लक्की ड्र मार्फत सिंगापुर र मेलेसिया भ्रमणको अबसर प्राप्त गर्न सकिने तथा फोटो कन्टेस्टमा भाग लिइ सामसुङ ग्यालेक्सी एस ८ जित्ने अबसर पाइने प्रबन्ध निर्देशक ग्लाइडरले बताए । केएल टावरमा खोलिएको मल्टिब्राण्ड मोबाइल हब नेपालमानै पहिलो भएको दाबी प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरको छ ।

मोबाइल एक्स्पोमा आइफोन, सामसुङ, ब्ल्याकबेरी, वन प्लस, एचटिसी, नोकिया, सोनी, ओप्पो, जियोनी, हुवावे, जोप्पो, एमआइ, ओबिआइ, एलजी, कुलप्याड, लेनेभो, जेटटिइ, युएमआइ, लाभा, कलर्श, पानासोनिक, किन्जीन्दा, डिटिसीका मोबाइल फोनको कारोबार भइरहेको छ । यसैगरी स्टक क्लियरेन्सका मोबाइल सेटहरु ४०,५० र ६० प्रतिशत सम्म छुटमा कारोबार भइरहेको छ । मोबाइल एक्स्पोको अबसरमा गिफ्ट ह्याम्पर र हबमा प्रबेश गर्ने अबलोकनकर्ताहरुलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिरहेको केएल मोबाइल हबका निर्देशक संगम राइले बताए ।