१० मंसिर २०८३, बिहिबार

भरतपुरमा मतपत्र च्यात्नेहरु रेणुका लागि फेरि भोट माग्दै घरदैलोमा पुगेपछि…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रका कार्यकर्ता फेरि भोट माग्दै घरदैलोमा पुग्न थालेका छन् ।

मतपत्र च्यातेर जनताको जनमतको अपमान गर्ने माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयसँगै भोट माग्दै हिड्न थालेका हुन् ।

दुबै जनाले माओवादी केन्द्रबाट मेयर उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल हार्ने देखेपछि जेठ १४ गते राति मतगणना स्थलमा झण्डै ९० वटा मतपत्र च्यातेका थिए ।

आफै मतपत्र च्यात्ने र आफै भोट माग्न आएपछि मतदाता उनीहरुसँग असन्तुष्ट भएका छन् । एक मतदाता भन्छन्– ‘एकपटक विश्वास गरेर मत दिइयो तर त्यसको कुनै मुल्यांकन भएन् । अब कुन मुखले भोट दिने ? मतको सम्मान हुन्छ भन्ने के ग्यारेन्टी ?’

आफूहरुरुले दिएको मतपत्र च्यातेर फेरि मत माग्न आउने लाई भरतपुर–१९ का मतदाताले फेरि कति मत दिन्छन् त्यो हेर्न बाँकी नै छ ।

मतपत्र च्यातेपछि पक्राउ परेका मधु र द्रोणलाई कारवाही हुनुपर्ने भएपनि शक्तिकेन्द्र नजिक भएका कारण एक–एक लाख धरौटीमा छुटेका थिए ।