३१ आश्विन २०८३, शनिबार

मध्यम बर्गीय उपभोक्ताका लागि ओप्पोले ल्यायो मोबाइल फोन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । मध्यम बर्गीय बजारलाई लक्षित गरेर क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

एफथ्री ब्ल्याक भर्सन मूल्य ३२ हजार ९ सय ९० रुपियाँ तोकिएको छ । कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लसपछि एफथ्री गोल्ड भर्सन, डुअल फ्रण्ट क्यामेरासहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो ।

एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । कम्पनीका अनुसार पीडीएएफ प्रविधिका साथै १।३ ईञ्च सेन्सरपनि जडान गरिएको छ ।

एफथ्रीमा ४ जीबी याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० र ओक्टा–कोर प्रोशेसर रहेकोछ ।

फोनमा जडान गरिएको ट्रिपल स्लोट कार्ड ट्रेमा दूईओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिनेछ ।

मोबाइलमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री रहेकोले लामो समयसम्म ब्याट्री टिक्ने विशेषता रहेको छ । फोनमा रहेको ब्याट्रीको परीक्षण गर्दा १५ घण्टा काम गरेको दाबी गरिको छ ।