काठमाडौं । चर्चित हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनी रानु निरौलाको स्वर रहेको गीत ‘ब्रेक फेल’को भिडियो सार्वजनिक भएको छ ।
अडियो सार्वजनिक लगतै हिट भएको यो गीत रानुले तिलक बस्नेतसँग मिलेर गाएकी छन् । राजेन्द्र भट्टको संगीत र सुमन खत्रीको एरेन्ज रहेको गीतको भिडियो पनि निकै राम्रो बनेको छ ।
भिडियोमा अभिनेत्री अनु शाह, अरुण खड्का र संगीतकार राजेन्द्र भट्ट लगायतको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरेर निर्माण गरिएको भिडियो निकै आकर्षक बनेको छ । भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।
एकता फिल्मस्ले निर्माण गरेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, प्रवीन भट्टको सम्पादन रहेको छ । भिडियो रिलिज भएपछि गीतको पनि चर्चा चुलिएको छ । गीतका कारणले गायिका बिभिन्न कार्यक्रमको अफर आइरहेको उनले बताएकी छन् ।
भिडियोमा अनुका साथ मोडलिङमा देखिएका कलाकार अरुण चलचित्रका निर्माता पनि हुन् । दुई चलचित्रको सफल निर्माण प्रदर्शन गरिसकेका उनी अहिले तेस्रो चलचित्र निर्माण तयारीमा छन् ।















प्रतिक्रिया