३ कार्तिक २०८३, मंगलबार

सात वर्षसम्म एकसाथ नदेखिएका आर्यन र रेखाको विवाह

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुनै बेला पानी बाराबारको स्थितिमा रहेका कलाकारद्वय रेखा थापा र अभिनेता आर्यन सिग्देलले विवाह गरेका छन् । यी दुबैले रियल लाईफमा नभएर रिल लाइफका लागि मन्दिरका देउता साक्षी राख्दै विवाह गरेका हुन् ।

करिब ७ वर्षसम्म एकसाथ चलचित्र अभिनय त परै जाहोस्, बोलचाल समेत नगरेका आर्यन र रेखाले चलचित्र ‘रुन्द्रप्रिया’का लागि विवाह गरेका हुन् । लमजुङको बन्दिपुरमा छायाँकन भइरहेको चलचित्रको विवाह दृश्य त्यहिको उक मन्दिरमा गरिएको छ । आर्यन र रेखाले एक अर्काेलाई दुबोको माला लगाउँदै विवाह दृश्य दिएका थिए ।

‘रुद्रप्रिया’ रेखा थापाकै निर्माण रहेको चलचित्र हो । रेखा र आर्यनले यस अगाडि ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’सँगै अभिनय गरेका थिए । ‘कसले चो¥यो मेरो मन’ पछि एक अर्काेसँग चलचित्र त के एकै कार्यक्रममा समेत यी दुबै देखिदैन थिए ।

११ जेठ देखि बन्दीपुरबाटै छायाँकन सुरु भएको चलचित्र पोखरा, जिरी लगायतका स्थानहरूमा पनि छायाँकन हुनेछ । अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीतमा गीत राखिएको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

सुदीप भूपाल सिंहले निर्देशन गरिरहेको ‘रुद्रप्रिया’मा रमेश पौडेलले पनि रेखासँग निर्माणमा सहकार्य गरेका छन् । आगामी कात्तिक २ गते लक्ष्मीपूजाको दिन रिलिज गर्ने योजना बनाइएको ‘रुद्रप्रिया’ नारीप्रधान चलचित्र भएको बताइएको छ । चलचित्रले सामाजिक विषयका साथै प्रेमकथा समेत उठाउनेछ ।