मुम्बई । अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा कुनै पनि फिल्म स्टारभन्दा कम चर्चित छैनन् । उनी धेरैजसो आफ्नो तस्बिर सोसल मिडियामा हाल्ने गर्छिन् जो भाइरल भइहाल्छन् ।
नव्याको एक नयाँ तस्बिर सार्वजनिक भएको छ जसमा उनी बिकनी लगाएर समुन्द्रको किनारामा रमाइलो गरिरहेको देख्न सकिन्छ ।
नव्याको बिकिनी लगाएको तस्बिर पहिलो पटक सार्वजनिक भएको भने होइन । योभन्दा पहिले पनि उनी साथीहरूसँग रमाइलो गरिरहेको तस्बिर भाइरल भएको छ ।
नव्याले शाहरुखका जेठो छोरो आर्यनसँग स्कूलिङ गरेकी छिन् । दुबैलाई थुप्रै स्थानमा सँगै देखिएको छ ।
नव्या फेसनको मामलामा पनि निकै अगाडि छिन् । नव्याको तस्बिरका कारण उनकी हजुरआमा जया निकै रिसाउने गर्छिन् ।
श्वेता बच्चनले कहिले पनि उनीमाथि प्रतिबन्ध नलगाएको बताउँछिन् । जयाले नव्यालाई बिकिनी नलगाउन पनि चेतावनी दिएको केही मिडियाले बताएका छन् । – एजेन्सी















प्रतिक्रिया