३ कार्तिक २०८३, मंगलबार

रिसाएको नाटक गर्दा शाहरुखलाई दुई करोड फाइदा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । शाहरुख खानको एक भिडियो मिडियामा भाइरल भयो जसमा उनी इजिप्टका एक चर्चित हास्यकलाकार रमिज गलालमाथि अत्यधिक रिसाएको देखिएका छन् ।

भिडियो पोष्ट गर्दै शाहरुख रमिजको अरेबिक कार्यक्रमपछि रिसाएका थिए । तर, वास्तविकता अर्कै निस्किएको छ । रिपोर्टका अनुसार यो सबै पहिले नै प्लान गरिएको थियो ।

समाचारका अनुसार शाहरुखलाई यो कार्यक्रममा जानका लागि दुई करोड भारु दिइएको थियो ।

शाहरुखकी म्यानेजर पूजा ददलानीले पनि यो कुराको पुष्टि गरेकी छिन् । उनले शाहरुखलाई यसबारे पहिले नै सम्पूर्ण जानकारी भएको र उनले रिसाएको नाटक मात्र गरिरहेको जानकारी दिइन् । यद्यपि, उनले यसका लागि पैसा लिए नलिएको भन्ने बारे भने जानकारी दिइनन् ।

रमिजको कार्यक्रमको यो एपिसोडको सुटिङ दुबइको मरुभूमिमा भएको थियो । प्लानका अनुसार टेलिभिजन प्रस्तोता नेशानले उनको अन्तर्वार्ता लिनु थियो । त्यतिबेला उनी डेजर्ट सफारीको प्रयोग गर्दछन् । सफारीमा नियन्त्रण गुमेका कारण मरुभूमिमा खस्छन् र दलदलमा फस्छन् ।

यतिबेला कोमोडो ड्रायगनको लुगामा रमिज उनी नजिक आउँछन् जसलाई देखेर शाहरुख नराम्रो तरिकाले डराएको नाटक गर्छन् । पछि उनलाई रिसाएको पनि देख्न सकिन्छ ।

हलिउड नायिका पेरिस हिल्टनसँग पनि रमिजले यस्तै ठट्टा गरेका थिए । उनलाई एक विमानमा बसाइएको थियो । जब विमान उड्न थाल्यो तब विमान दुर्घटना हुन लागेको बताइयो । रिसाएकी पेरिसले रमिजविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । – एजेन्सी