९ मंसिर २०८३, बुधबार

कामचलाउ सरकारका प्रधानमन्त्री दाहालले बालुवाटार छाड्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्ने भएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष दिउँसो दुई बजे पद तथा गोपानीयताको सपथ लिएपछि उतैबाट आफनो लाजिम्पाटस्थित निवास जाने छन् ।

गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि सरकारी निवासमा सरेका थिए ।

दाहालको निजी सचिवालयले बालुवाटार छाड्नु अघि नै बुझबुझारथ गरिसकेको स्रोतले जनाएको छ ।