९ मंसिर २०८३, बुधबार

देउवाले सपथ लिँदै, आफूसँगै यी नेताहरूलाई मन्त्री बनाउने सम्भावना

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

देउवाले अपरान्ह दुई बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिने कार्यक्रम छ । सपथका लागि शीतल निवासमा मंगलबारदेखि नै तयारी सुरु भइसकेको छ ।

उता, देउवाले सानो आकारको मन्त्रिमण्डल आजै विस्तारको तयार पनि गरेका छन् । देउवाले कांग्रेसबाट ३, माओवादी केन्द्रबाट दुई, फोरम लोकतान्त्रिक र राप्रपाबाट एक–एक जना मन्त्रीलाई सपथ गराउने तयारी गरेका छन् ।

स्रोतका अनुसार कांग्रेसबाट मन्त्री बन्नेमा गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र महेश आचार्यको नाम चर्चामा छ ।

माओवादी केन्द्रबाट भने टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, प्रभु साहलगायतको नाम अगाडि छ ।

फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदार र राप्रपा सुनीलबहादुर थापाले सपथ लिने तयारी गरेको बुझिएको छ ।

यद्यपि यी नामहरू सबै चर्चामा भए पनि देउवा निकट स्रोतले को–को मन्त्री बन्दै छन् भन्ने विषयमा केही बताएको छैन ।