
काठमाडौँ, २३ जेठ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई बधाई दिन छिमेकीहरुबीच प्रतिस्पर्धा देखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत बधाई दिएका छन् भने नेपालका लागि चिनियाँ राजदूत यु होङ मंगलबार साँझ देउवाको निजी निवास बुढानिलकण्ठमै पुगे । प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्दै चिनियाँ राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।











प्रतिक्रिया