
काठमाडौं, २३ जेठ । प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
देउवा संसदबाट मंगलबार निर्वाचित भएलगत्तै मोदीले फोन गरेर बधाई दिएको ट्वीटमार्फत जनाएका छन् ।
मोदीले ट्वीटबाटै देउवालाई आफूले उनको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि र प्रगति होस् भन्ने कामना गरेको उल्लेख गरेका छन् ।











प्रतिक्रिया