९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्री निर्वाचनः कहाँ हरायो एमालेको ११ मत ? विपक्षमा किन थोरै मत ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री निर्वाचनमा संसदमा एमालेका सबै मत नखसेको खुलासा भएको छ ।

मत विभाजन गर्दा कुल ५९३ सांसद रहेको संसदमा ३ सय ८८ को बहुमतसहित कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

देउवाको विपक्षमा जम्मा १ सय ७० मतमात्रै परेको छ । बाँकी मत कता गयो भनेर एमालेभित्रै खोजी सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले देउवाको विपक्षमा मतदान गरेपनि उसको पूरै मत देउवाका विपक्षमा परेको छैन । संसदमा एमालेका प्रत्यक्षबाट ९०, समानुपातिकबाट ८२ र मनोनीतबाट ९ गरी कूल १ सय ८१ मत भए पनि विपक्षमा १ सय ७० मत मात्रै पर्‍यो ।

एमालेका केही सांसद् अनुपस्थित भएका कारण देउवाको विपक्षमा कम मत खसेको थियो ।

आजको मतविभाजनमा उपस्थित सांसदको संख्या ५५८ मात्रै थियो । एमालेका एघार मत कहाँ गएर भनेर खोजी भएपछि एमालेका नेताहरूले गोलमटोल जवाफ दिएका छन् । उनीहरू भन्छन्, ‘हाम्रो तर्फबाट प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार थिएन । देउवाले जित्ने पक्का थियो । त्यही भएर केही सांसद नआएका हुन् ।’