९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्री निर्वाचित हुनासाथ देउवाले के भने ?

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने “दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।”

नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । देउवा चौंथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।