सर्लाही, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको सम्पूर्ण उर्जा चुनाव बिथोल्न केन्द्रित गर्न आफना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
सर्लाहीको मलंगवामा मंगलबार आयोजित कार्यक्रममा नेता महतोले शासकवर्ग सधैमधेस र मधेसी जनताप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै चुनाव विथोल्न आग्रह गरेका हुन् ।
‘आफ्नो स्वार्थ भएको ठाउँमा कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतको दलको सर्वसम्मति हुन्छ’, उनले भने, ‘मधेसी, आदिवासीको अधिकारको कुरा आउँदा आपसी मतभेद भए जस्तो देखाएर विवाद निकाल्छन् ।’
नेता महतोले सहमति भयो भने निर्वाचनका लागि चुनाव चिन्ह समस्या नरहेको बताए । उनले माग पूरा भयो भने मतपत्रमा रहेको जोड़ा गोरू, तीर, हातमा लाठी लिएको किसान, साइकल, हाथ वा रेलमध्य कुनै एक चुनाव चिन्ह लिएर निर्वाचनमा जान सिकने बताए । महतोले भने, ‘राजपा जनताको भवान अनुरूप गठन भएको छ । जनताको भवना अनुरूप नै राजपाले निर्णय लिन्छ ।’
नेता महतोले संचारमाध्यममा आए जस्तो राजपा नेपालभित्र कुनै पनि विवाद नरहेको दाबी गरे । उनले भने, ‘अध्यक्षमण्डलमा फरक फरक बिचार आए पनि अन्ततः राजपाले सहमतिमा बाहिर ल्याएको निर्णय नै अन्तिम हुन्छ ।’











प्रतिक्रिया