काठमाडौं । प्लान बि इंक कर्पोरेशन काठमाडौंको आयोजनामा भएको मिस एसईई ग्लोबल २०१७ को उपाधि बुटवलकी बीना सापकोटाले चुमेकी छिन् ।
देशभरिबाट सेलेक्टेड ७७ जनाको अडिसनबाट प्रतिस्पर्धा गर्दै सापकोटाले उपाधि जितेकी हुन । बीनाले जेठ २२ गते मिस एसईई ग्लोबल २०१७ को उपाधिमा सफलता पाएकी हुन् ।
देशभरिबाट २०७३ सालको एसईई दिएका प्रतिस्पर्धीबीच ब्युटी तथा ट्यालेण्ट माइण्डको प्रतिस्पर्धामा रुद्रपुर स्थायी घर भएकी बीनाले ताज पहिरिएकी हुन् ।
प्रतियोगितामा फस्ट रनरअप तानिया अधिकारी र सेकेण्ड रनरअप शीतल परियार भएकी छन् ।
बीनाले कलेज अध्ययनका लागि छात्रबृत्तीसंगै ३ रात ४ दिनको थाइल्याण्ड टुर तथा २ रात १ दिनको पोखरा टुर प्याकेज लगायतका थुप्रै पुरष्कार पाएकी छिन् ।















प्रतिक्रिया