९ मंसिर २०८३, बुधबार

खचाखच भरियो संसद भवन

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । संसदको आजको बैठकबाट प्रधानमन्त्री निर्वाचन हुने भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खचाखच भरिएको छ ।

संसदको आजको बैठकका गतिविधि हेर्नका लागि विभिन्न दलका समर्थक र शुभेच्छुकहरूको भीड लागेको हो । विशेष गरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिततर्फको गेटमा अलिक धेरै भीड रहेको सुरक्षाकर्मीहरूले बताउका छन् ।

अहिले केही समयपछि सुरु हुने संसद बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले बोल्न समय पाउने स्रोतको भनाइ छ ।

शीर्ष नेताहरूलाई बोल्न दिनु अगाडि सभामुख ओसरी घर्ती मगरले विभिन्न सूचनाहरू पढेर सुनाउने जनाइएको छ ।