काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष भीमबहादुर रावलले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गरेर एमाले अगाडि बढ्ने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले गरेको आदेशलाई एमालेले स्वीकार गर्ने बताए । उनले भने, ‘भोलि हुने प्रधानमन्त्री चयन प्रक्रियामा एमालेले संसद अवरोध गर्दैन ।’
उनले भने, ‘चितवनमा मतपत्रच्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ, त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मत र मन पनि च्यातिएका छन् ।’
प्रधानमन्त्री निर्वाचनमा सहभागी भए पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाको विपक्षमा मत हाल्ने बताए ।











प्रतिक्रिया