९ मंसिर २०८३, बुधबार

कांग्रेस, एमाले र माओवादीको बैठक बस्दै, सहमति खोजिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकहरूबीच छलफल हुँदै छ ।

सिंहदरबारमा अपरान्ह पाँच बजे सभामुख ओनसरी घर्ती मगरको पहलमा कांग्रेस, माओवादी केन्द्र र एमालेका नेताहरूको छलफल हुने भएको हो ।

एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार पाँच बजे हुने छलफलमा सहमतिको प्रयास खोजिनेछ ।

एमालेले संसदमा अबरोध राखेपछि प्रधानमन्त्री निर्वाचन प्रक्रिया प्रभावित भएको थियो । प्रधानमन्त्री निर्वाचन भोलि मंगलबार हुनेछ । एमालेको प्रस्ताव अनुसार नै संसदको बैठक सारिएको हो ।

स्रोतका अनुसार अपरान्ह पाँच बजेको बैठकमा एमालेले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया नयाँ ढंगल अगाडि बढाउन प्रस्ताव गर्नेछ ।