९ मंसिर २०८३, बुधबार

सडकमा उत्रियो युवा संघ र अनेरास्ववियु, राजधानीमा भव्य प्रदर्शन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गराउने निर्णयको विरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेका छन् ।

राजधानीमा अपरान्ह युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताले आयोगको निर्णय खारेज गर्न मागसहित प्रदर्शन गरिएको जनाइएको छ । उनीहरूले आयोगले आफ्नो निर्णय नसच्याएर थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीहरूले भरतपुरमा पुनः मतदान गर्नुपर्ने निर्णय लोकतन्त्रमाथिको आक्रमण भएको बताए । उनीहरूले तत्काल रोकिएको स्थानबाट मतगणना गर्न पनि माग गरेका छन् ।