९ मंसिर २०८३, बुधबार

अचानक किन देउवालाई समर्थन गर्ने निर्णयमा पुगे कमल थापा ? राप्रपाकै नेताहरु चकित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अन्ततः काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई समर्थन गर्ने भएका छन् ।

पार्टी अध्यक्ष थापाले अचानक सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि राप्रपाकै नेताहरु दंग परेका छन् । यसअघि आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको थियो ।

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेका थिए । बैठकमा कुरा नमिलेपछि संसदीय दलको बैठकलाई टुंग्गाउन जिम्मा दिइएको थियो ।

तर, देउवालाई समर्थन गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका थापाले अन्ततः यू टर्न गरे । र, देउवाको पक्षमा मतदान गर्ने निर्णय गरे । स्रोतका अनुसार, उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय पाउने आश्वासन पाएपछि थापाले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

थापाले कुन कुन मन्त्रालय पाउने भन्ने बारेमा भने केही बताइएको छैन् ।