लन्डन, २१ जेठ । रियल म्याड्रिडले फाइनलमा युभेन्सलाई ४–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग जितेको छ ।
रियलले शनिबार राति कार्डिफमा भएको फाइनलमा युभेन्टसलाई हराउँदै प्रतियोगिताको दुई दशक बढीको इतिहासमा लगातार दुई पटक उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ । योसँगै रियलले फुटबल इतिहासमा नयाँ अध्याय रचेको छ ।
रियल डिफेन्डिङ च्याम्पियन भएपनि शनिबारको खेलअघि धेरै फुटबल पण्डितहरुले युभेन्टसले प्रतियोगिता जित्ने अनुमान गरेका थिए ।
नकआउट चरणमा बार्सिलोनासमेत हराएको युभेन्टसले यो सिजन च्याम्पियन्स लिगमा सबैभन्दा कम गोल खाएको थियो । यो सिजन फाइनलसम्म आइपुग्दा ८ खेलमा युभेन्टसले गोल नै खाएको थिएन र एक्लो अपराजित टोली पनि थियो ।
रियलसँग बार्सिलोनासँग पनि नभएको एक खेलाडी थियो जो जहिले ठूला खेलमा आफूलाई स्थापित गराउन जान्दथ्यो, क्रिस्टियानो रोनाल्डो ।
प्रतियोगिताको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोकै दुई गोलको मद्दतले रियलले अन्ततः उपाधिमाथि किर्तिमानी १२ औँ पटक कब्जा जमायो । – एजेन्सी















प्रतिक्रिया