काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग संसदको गतिरोध अन्त्य गर्न आगह गरेका छन् ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा दलबलसहित शनिबार अपरान्ह पुगेका देउवाले प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।
‘संसदको गतिरोध अन्त्य र प्रधानमन्त्री निर्वाचनमा आफूलाई सहयोग गर्न कांग्रेस सभापति शेरबहादुर देउवाज्यूले आग्रह गर्नुभएको थियो’, बालकोट स्रोतले भन्यो, ‘तर, अध्यक्ष केपी ओलीज्यूले स्थायी समितिको बैठकले संसदको गतिरोध जे कारणले अबरोध भइरहेको छ सो माग पूरा नभएसम्म यथावत रहने जानकारी गराउनुभयो ।’
संसदीय लोकतान्त्रिक मूल्य र मान्यताका लागि एमालेले सहयोग गर्नुपर्ने देउवाको आग्रह थियो । तर, ओलीले तत्काल आफूले केही गर्न नसक्ने देउवालाई बताएका छन् ।
ओलीसँगको वार्तापछि हँसिलो मुद्रामा बाहिर आएका देउवा र ओलीले सुरक्षाकर्मीलाई पछाडि राखेर आँगनमा तस्बिर पनि खिचाएका थिए ।











प्रतिक्रिया