
काठमाडौँ, २० जेठ । नेकपा एमालेले संसदको अबरोध कायमै रहेकाले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने बताएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकले संसद अवरोध जारी रहेकाले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको हो । संसद अबरुद्ध भएकाले प्रधानमन्त्री निर्वाचनको कार्यतालिकाबारे आफूहरुलाई थाहै नभएको एमालेले जनाएको छ ।
संचारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको आफूहरुलाई जानकारी नभएको बताए । यद्यपि काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता आज ४ बजेसम्मलाई तोकिएको थियो । सभामुख ओनसरी घर्तीको आदेशमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो ।











प्रतिक्रिया