९ मंसिर २०८३, बुधबार

नेकपा एमालेले बोलायो स्थायी समितिको आकस्मिक बैठक

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । नेकपा एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले १ बजे बस्ने गरी स्थायी समितिको आकस्मिक बैठक बोलाइएको समितिका सदस्य किरण गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको निर्वाचन, भरतपुरको अबरुद्ध मतगणना लगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको छ । एमालेले काँग्रेस सभापति शेरबहादुर देउवाबाहेक जो उठे पनि प्रधानमन्त्रीमा सहयोग गर्ने बताएको छ । तर, सत्तारुढ गठबन्धनबाट देउवाको उम्मेदवारी दर्ता भइसकेको छ ।

संसद अबरुद्ध हुँदाहुँदै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गरिएकोमा आपत्ति जनाएको एमालेले प्रधानमन्त्री निर्वाचनमा भाग लिने, नलिने लगायतका विषयमा आजको बैठकबाट टुंगो लगाउने बताइएको छ ।