काठमाडौं, २० जेठ । माओवादी केन्द्रको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा उम्मेदवारी दिँदै छन् ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले देउवालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा शनिबार ११ बजेपछि मनोनयन दर्ता गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवाको मनोनयन पत्रमा प्रस्तावकको रुपमा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक बस्ने तयारी भएको छ । यद्यपि यस विषयमा माओवादी केन्द्र र कांग्रेसका नेताहरूले केही भनेका छैनन् ।
संविधानको धारा २९८ को उपधारा ३ बमोमिज बहुमतीय प्रक्रियाबाट संसदले आइतबार मतदान गरी प्रधानमन्त्रीको चयनका लागि निर्वाचन समितिले शनिबार ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय सार्वजनिक गरिसकेको छ ।
उता, प्रमुख विपक्षी दल एमालेले पनि प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिने कि नदिने भनेर आन्तिरिक तयारी थालेको छ । स्रोतका अनुसार उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री उम्मेदवारी दिन लगाउने तयारी भएको छ ।












प्रतिक्रिया