२१ कार्तिक २०८३, शनिबार

कलर्स अफ नेपाल फोटो प्रदर्शनी सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेपाल पर्यटन बोर्डको आयोजनामा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट हुने मासिक फोटोनेपाल शुक्रबारबाट सुरु भएको छ ।

नेपाल रिपब्लिक मिडीयाको नागरीक र रिपब्लीका दैनिकमा आवद्ध फोटोपत्रकार दिपेश श्रेष्ठले खिच्नुभएको सुन्दर ३५ तस्बिरहरु जेष्ठ १९ देखि २१ गते सम्म नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखिनेछ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उदेष्यका साथ फोटोनेपाल अभियान गत फेब्रुअरी २०१६ मा टोनी हेगेनका फोटो प्रदर्शनी सँगै सुरु भएको हो ।

आज एक समारोहका बीच उक्त प्रदर्शनीको उद्घाटन सम्पन्न भयो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक श्री जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताउनुभयो । फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गर्नुभयो ।

निशुल्क अवलोकल गर्न सकिने यो प्रर्दशनीको सहआयोजक फोटोपत्रकार क्लब रहेको छ भने इमेज नेपाल पत्रिकाले फोटो छपाइमा सहयोग गरेको छ ।

फोटो नेपालमा जेष्ठ २१ गते वल्र्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलिपीन्सका प्रशिक्षक जिम्मी डोमिङो सँग अन्तरक्रिया कार्यक्रम राखिएको आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ ।