सल्यान, २० जेठ । नेकपा (एमाले) सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ ।
शारदा नगरपालिका–३ बाट वडा अध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष गोविन्दबहादुर पुनले बताए । पार्टी नीति विधिविपरीत गएर आफूले मात्र जितेको भन्दै स्पष्टीकरण सोधिने भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
वडा नं. ३ मा वडा अध्यक्ष मात्र एमालेले जितेको थियो भने बाँकी सदस्यमा राप्रपा र नेपाली कांग्रेसले जितेका थिए ।
अध्यक्ष पुनका अनुसार निर्वाचनमा पार्टी हितविपरीत काम गरेकाले स्पष्टीकरण लिने र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएको छ ।












प्रतिक्रिया