२१ कार्तिक २०८३, शनिबार

चितवनको कालिकामा जनप्रतिनिधिलाई स्वागत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोलेसिमल, १९ जेठ । हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएका पूर्वी चितवनको कालिका नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

सुरक्षित बचत तथाऋण सहकारी संस्था लि. र खोलेसिमलबजार व्यवस्थापन समितिकालिकावडा नंंं ६ को संयुक्त आयोजनामा भएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, ११ वटै वडाका वडाध्यक्ष तथा वडा नं. ६ का वडा सदस्यहरुलाई सम्मान तथा स्वागत गरिएको हो ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाभित्र रिङ्गरोडको व्यवस्थागर्न जरुरी रहेको बताए । सिद्धिदेखि शक्तिखोर, जुटपानीहुँदै खोलेसिमलको बाटोबाटमुख्य राजमार्ग जाने सडकव्यवस्थित गरी यातायात संचालनहुनुपर्नेमा समेत वक्ताहरुले माग गरेका थिए ।