२१ कार्तिक २०८३, शनिबार

राजधानीमा अनेरास्ववियु र युवा संघको मसाल जुलुस, भरतपुरको मतगणना सूचारु गर्न माग (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । चितवनस्थित भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विवादका कारण स्थगित भएको मतगणना सूचारु गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु र युवा संघ नेपालले आज साँझ राजधानीमा मसाल जुलुस निकालेको छ ।

प्रदर्शनीमार्गमा आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै युवा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी पनि गरेका छन् ।

भरतपुरको मतगणना अबिल्म्ब अगाडि बढाउन माग गर्दै अनेरास्ववियु र युवा संघ नेपालद्वारा संयुक्त रुपमा मसाल जुलुस निकालिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन ।

माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरमा विगत केही दिनयता मतगणना स्थगित छ ।