२१ कार्तिक २०८३, शनिबार

गुल्मीमा कांग्रेसले जित्ने आधार के–के हुन् ? के भन्छन् सभापति श्रेष्ठ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास, १८ जेठ । नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले रेसुङ्गा नगरपालिकाबाट मेयर पदको टिकट पाउने पक्का भएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वले आफूलाई मेयर पदको टिकट दिनेमा श्रेष्ठ ढुक्का छन् । उनी भन्छन्, ‘पार्टीमा सबैसँगको सरसल्लाहपछि मेरो नाम रेसुङ्गा नगरपालिकाको मेयर पदका लागि केन्द्रमा गएको छ । अहिलेसम्मको परिवेश हेर्दा मलाई नै केन्द्रले टिकट दिन्छ भन्ने ठानेको छु ।’

रेसुङ्गा नगरपालिकामा आफूले जित्नेमा ढुक्क देखिएका श्रेष्ठले भने, ‘मेरो मात्रै होइन समग्र जिल्लामा हाम्रो प्रतिस्पर्धा एमालेका उम्मेदवारहरूसँग हो । विपक्षीलाई उम्मेदवारहरूलाई कमजोर ठानेका छैनौँ । तर, हामी पनि कमजोर छैनौँ ।’ उनले आफू मात्रै नभइ जिल्लामा कांग्रेसका सबै उम्मेदवारहरूलाई जिताउने दायित्व आफ्नो रहेको बताए ।

पार्टीभित्र टिकटलाई लिएर विवाद छ रे नि ? भन्ने प्रश्नको जवाफमा सभापति श्रेष्ठले भने, ‘सबैलाई मिलाउनु पर्ने दायित्व पार्टी सभापति र जिल्ला कार्यसमितिको हो । टिकट सबैलाई दिन सकिँदैन । केही असुन्तुष्टि भैहाल्छ । अहिले टिकट पाउन नसकेका साथीहरूलाई प्रदेश र संसदको निर्वाचनमा मिलाउन सकिन्छ ।’

विवाद कांग्रेसमा मात्रै नरहेको बताएका सभापति श्रेष्ठले भने, ‘हामीभित्र मात्रै विवाद छैन । एमाले, माओवादी केन्द्र र अन्य साना दलहरूभित्र पनि विवाद छ नि । यसलाई समाधान गरेर जानुपर्छ ।’

तपाईले रेसुङ्गा नगरपालिकाको मेयर पदमा कांग्रेसका तर्फबाट टिकट पाउनु भयो भने जित्ने आधार के हो भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘आर्थिक प्रगति, समृद्धि, पूर्वाधार विकास, वातावरण संरक्षण, सुशासनको प्रत्याभूति, व्यवस्थित र सुरक्षित नगर, सुलभ र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, धार्मिक र पर्यटकीय गन्तव्य, कृषिमैत्री नगर, भ्रष्टाचार शून्य सहनशीलता र आर्थिक पादर्शिता जस्ता कुरामा जोड दिएको छ । मेरो जित्ने आधार भनेकै यही हो ।’

उनले गुल्मी जिल्लाको विकासका लागि थुप्रै योगदान दिएको बताए । उनले भने, ‘चुनावको मुखमा मैले यसो र त्यसो गरेँ भन्नुभन्दा पनि मतदाताले मनन गर्ने कुरा हो ।’