१ कार्तिक २०८३, आइतबार

टेबल टेनिसमा न्योग र सन्जिव फाइनल प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । आदर्श विद्या मन्दिर (एभीएम) काद्वय सन्योग कपाली र सन्जिव गुरुङ प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको स्कुलतर्फ यु–१६ ब्वाइज सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा सन्योगले एभरेष्टका अभियान सुवाललाई ३–० तथा सन्जिवले विद्या आर्जनका समिर कवानलाई ३–२ को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा प्रभातकाद्वय अन्जु सुवाल र मनीषा सुवालले फाइनलमा स्थान सुरक्षित गरे ।